बाढीपहिरो प्रभावितको राहतका लागि जावलाखेल ग्रुपले दियो ३ करोड

काठमाडौँ – देशका विभिन्न भागमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेआईजी) ले ३ करोड रुपैयाँ सहयोग गरेको छ। ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। विपद्बाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत रकम हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ।

बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै ग्रुपले शोकसन्तप्त परिवारप्रति समवेदना तथा प्रभावित व्यक्ति र समुदायप्रति सहानुभूति व्यक्त गरेको छ। जावलाखेल ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिने ग्रुपले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्