नेपाली कांग्रेस दार्चुलाका महाधिवेशन प्रतिनिधि खत्री र नेवि संघ दार्चुलाका अध्यक्ष भट्टको पहलमा भारतमा रहेका नेपालीलाई आर्थिक सहयोग

गणेशसिंह धामी
नेपाली कांग्रेस दार्चुलाका युवा नेता तथा महाधिवेशन प्रतिनिधि उमेश खत्री र नेवि स‌ंघ दार्चुलाका अध्यक्ष रमेश भट्टको पहलमा भारतको विभिन्न राज्यमा अलपत्र परेका नागरिकलाई नेपाल भारत मैत्री संघले आर्थिक सहयोग गरेको छ । दार्चुला घर भएर रोजगारीको सिलसिलमा भारतका विभिन्न शहरमा अलपत्र परेका नेपाली नागरिकहरुलाई खत्रीको पहलमा ९३ जनालाई ५१ हजार ५०० भारु आर्थिक सहयोग गरिएको छ । दुई महिना लामो लकडाउनका कारण सयौँ नेपाली कामदार भारतमा अलपत्र परेका छन् ।

राजनीति पद र पैसाका लागि नभई सेवाका लागि गुर्नपर्ने नेता खत्रीको भनाइ छ । खत्री नेपाल–भारत मैत्री संघका आजीवन सदस्य समेत हुन् । उनले भने, “राजनीति गर्नु पद र पैसाको लागि होइन हामी स्वदेशमा भएका त घरमा छौ तर कामको सिलसिलामा भारत लगायत अन्य मुलूकमा के खाएर बसेका होलान । यो विपद्मा जनताको सेवा गर्नु नै असल राजनितिको धर्म हो ।”

नेपाल –भारत मैत्री संघका आजिवन सदस्य खत्रीले नेपाल–भारत मैत्री संघलाई अलपत्र परेका नागरिकलाई उद्धारका लागि आग्रहको गरेको संघका अघिकारीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्