कोशी अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमित निको भए

विराटनगर – विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालमा उपचाररत थप चार जना कोरोना संक्रमित निको भएका छन् ।

कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्रका अनुसार बुधबार ४ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् । उनका अनुसार कोरोना निको हुने चारै जना उदयपुर भुल्केका हुन । कोरोना निको हुनेमा ३ महिला र १ पुरुष छन् ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३० पुगेको छ । यस अघि २६ जना कोरोना निको भएर घर फर्किका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्