छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

सुशील सुवेदी
सिन्धुपाल्चोक – १८ वर्षीया आफ्नै छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीमा एक जना पक्राउ परेका छन् ।

छोरीलाइ बिगत देखिनै पटक–पटक बलात्कार प्रयास गरेको भन्दै किसोरी आमाले प्रहरीमा उजुरी दिएपछि आज किसोरीका बुबालाइ प्रहरीले घर बाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए । प्रहरीले अनुसन्धान गर्दा पीडित किशोरीले समेत बाबुले ४ वर्ष अघिदेखि नै जबरजस्ती गरेको स्विकारेकी थिइन् । पक्राउ परेको निजको थप अनुसन्धान भइरहेको र आरोप प्रमाणित भएमा उनलाइ जबरजस्ति करणी मुद्धा चलाइने तामाङले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्