संविधान संशोधन विधेयकमा समर्थन गर्ने राप्रपाको निर्णय

FILE PHOTO

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ ।

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले संविधान संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो ।

सो पार्टीका केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्राले विधेयकको पक्षमा मतदान गर्ने निर्णय पार्टीले गरेको जानकारी दिए । थ्रेस होल्डका कारण गत प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले दलको मान्यता पाउन सकेन । तर सो पार्टीबाट विजयी सांसद् राजेन्द्र लिङ्देन स्वतन्त्र सांसद्को भूमिकामा छन् । लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएपछि सरकारले संविधान संशोधनको तयारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्