गरिमा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट आफ्नै भवन बालुवाटारमा सर्‍यो

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण भएको छ। बैंकका अनुसार २०८२ कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका-३, बालुवाटारस्थित बैंककै आफ्नै भवनमा स्थानान्तरण गरिएको हो।

बैंकको नयाँ केन्द्रीय कार्यालयबाट आज भदौ ३ गते बुधबारदेखि सेवा सञ्चालनमा आएको छ। कार्यालय स्थानान्तरणसम्बन्धी जानकारी बैंकले आफ्ना ग्राहक तथा सम्बन्धित सबैलाई गराएको छ।

नयाँ कार्यालय बालुवाटारमा राष्ट्रपति भवन नजिकै वडा नम्बर ३ को कार्यालय तथा नेपाल आर्मी कल्याणकारी बोर्डको कार्यालय आसपासमा रहेको बैंकले जनाएको छ। बैंकले कार्यालय स्थानान्तरणसम्बन्धी थप जानकारी आवश्यक परे बैंकको वेबसाइट वा कल सेन्टरमार्फत सम्पर्क गर्न ग्राहक तथा सरोकारवालालाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्