काठमाडौं । माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा कल्याणविक्रम पाण्डे नियुक्त भएका छन्।
बैंकिङ क्षेत्रमा करिब २५ वर्षभन्दा बढीको अनुभव भएका पाण्डेलाई माछापुच्छ्रे बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
पाण्डेले यसअघि ग्लोबल आईएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकलगायतका बैंक तथा वित्तीय संस्थामा विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।
लामो बैंकिङ अनुभव तथा विभिन्न बैंकमा हासिल गरेको कार्यदक्षताको आधारमा पाण्डेको नियुक्तिलाई माछापुच्छ्रे बैंकको व्यवस्थापकीय नेतृत्वमा महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।



