सुनको मूल्य फेरि उकालो, चाँदीको भाउ भने घट्यो

काठमाडौं – कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँ मा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ५१० रुपैयाँ मा कारोबार भएको चाँदी आइतबार ४ हजार ४७५ रुपैयाँ मा झरेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्