स्विट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिड्ने

काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई ३–१ गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

यससँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। अर्जेन्टिनाले अब सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्डले यसअघि नर्वेलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।

अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुनेछन्। फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई तथा स्पेनले पोर्चुगललाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन्।

फ्रान्स र स्पेनबीचको पहिलो सेमिफाइनल खेल बुधबार बिहान १२:४५ बजे हुनेछ भने अर्जेन्टिना र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल बिहीबार बिहान १२:४५ बजे हुनेछ।

दुवै सेमिफाइनलका विजेता टोली आगामी जुलाई २० मा विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्