नेपाल बैंकका ग्राहक र कर्मचारीलाई भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन्। नेपाल बैंक र इन्द्रप्रस्थ अपोलो अस्पतालबीच भएको सम्झौताअनुसार अस्पतालका विभिन्न उपचार सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध गराइने भएको हो।

सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालमा उपचार गराउँदा बिल रकममा १० प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन्। यस व्यवस्थाले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा थप सहज र किफायती रूपमा उपलब्ध हुने विश्वास बैंकले व्यक्त गरेको छ।

सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले तथा इन्द्रप्रस्थ अपोलो अस्पतालका तर्फबाट उपप्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन्।

नेपाल बैंकले ग्राहकमुखी सेवा विस्तारलाई प्राथमिकतामा राख्दै स्वास्थ्य, शिक्षा तथा अन्य सेवा प्रदायक संस्थासँग सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ। हाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम र ६१ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्