नेपाल बैंकका ग्राहक र कर्मचारीलाई सिद्धार्थ बिजनेस ग्रुपका होटल तथा रेस्टुरेन्टमा विशेष छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई देशभर सञ्चालित होटल तथा आतिथ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक, बैंकका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले सिद्धार्थ बिजनेस ग्रुपअन्तर्गत सञ्चालित २५ वटा होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेमा सेवा उपयोग गर्दा बिल रकममा १० देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्।

यो सुविधा सिद्धार्थ बिजनेस ग्रुपका सातै प्रदेशमा रहेका आतिथ्य सेवा केन्द्रहरूमा लागू हुने जनाइएको छ। बैंकले यस सहकार्यबाट आफ्ना ग्राहक र कर्मचारीलाई गुणस्तरीय आतिथ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ। सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिका तर्फबाट व्यवसाय प्रबन्ध निर्देशक दुर्गादत्त पन्तले हस्ताक्षर गरेका थिए।

नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। ग्राहकमैत्री सेवा, आधुनिक बैंकिङ प्रविधि र सेवा विस्तारलाई प्राथमिकतामा राख्दै बैंकले विभिन्न क्षेत्रसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि थप सुविधामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्