सिटिजन्स बैंकको विशेष साधारणसभा सम्पन्न, चार सञ्चालक निर्वाचित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आठौं विशेष साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले नयाँ सञ्चालक चयन गर्नुका साथै बैंकको पुँजी सुदृढीकरणसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

सभाबाट संस्थापक समूह (समूह ‘क’) का तर्फबाट अनिलकुमार ज्ञवाली सञ्चालकमा निर्वाचित भएका छन्। त्यसैगरी सर्वसाधारण समूह (समूह ‘ख’) बाट प्रकाशचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी सञ्चालकमा निर्वाचित भएका छन्।

विशेष साधारणसभाले बैंकको प्राथमिक पुँजीकोष अनुपात सुदृढ बनाउन, व्यवसाय विस्तार गर्न तथा जोखिम वहन क्षमता बढाउने उद्देश्यले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्तावलाई पनि स्वीकृति दिएको छ।

बैंकका अनुसार निर्वाचित सञ्चालकहरू आ–आफ्नो क्षेत्रका अनुभवी र दक्ष व्यक्तित्व हुन्। उनीहरूको नेतृत्वले बैंकको संस्थागत सुशासन, रणनीतिक व्यवस्थापन तथा दीर्घकालीन विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्