कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत उत्तीर्ण

 

काठमाडौं–  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ।

शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बिहान ८ बजे बसेको बैठकबाट नतिजा अनुमोदन गरी सार्वजनिक गरिएको हो।

बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए।

तीमध्ये नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ परीक्षार्थी रहेका थिए।

सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको भए पनि राष्ट्रिय परीक्षा बोर्डले निर्धारित समयभन्दा अगावै नतिजा सार्वजनिक गरेको हो।

यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पनि परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको थियो। सरकारले एसईईको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्