भारतबाट उद्धार गरेर क्वारेन्टाइनमा बसेकाहरुले दिए गाउँपालिकालाई धन्यवाद: भन्छन् ‘व्यवस्था राम्रो छ’

बैतडी – भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरुले शिवनाथ गाउँपालिकालाई धन्यावाद ज्ञापन गरेका छन् ।
सोमबार उपहार खबरसँग कुराकानी गर्दै प्रेमसिंह धनाडीले भारतबाट उद्धार गरिदिएको गाउँपालिका परिवारलाई धन्यावाद दिएका छन् । रोजगारीको सिलसिलामा भारतको विभिन्न ठाउँमा गएका र कोरोना भाइरसको कारण समस्यामा परिहेको नागरिकको गाउँपालिको उद्धार गरी क्वारेन्टाइनमा राखको छ । धनाडीले भने, “भारतमा हामी निकै जोखिमपूर्ण अवस्थामा थियौँ, हामी नाका सम्म आयौँ र अलपत्र अवस्थामा थियौँ तर स्थानीय सरकारलाई गुहार गर्दा हाम्रो पीडालाई बुझेर जन्मभूमि सम्म पुर्याइदिनुभएको खुसी छौँ ।” उनले गाउँपालिकाले तोकेको नियम अनुसार क्वारेन्टाइनमा बसेको समेत जानकारी दिए । कोरोना भाइरसको महामारीमा अध्यक्षले देखाउको सक्रियता सह्रानीय भएको धनाडीले बताए । उनले भने, “गाउँपालिकाले राम्रै व्यवस्था गरेको छ हामी खुसी छाैँ ।” उनले भारतमा अपलत्र परेको बेला समाचार सम्प्रेषण गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिएको उपहार खबरलाई समेत ध्यन्यवाद दिएका छन् ।
स्मरण रहोस् धनाडी लगायत ३५ जना भारतमा अलपत्र परेको समाचार उपहारखबरले सम्प्रेषण गरेको थियो र त्यसपछि उनीहरुको उद्धार भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्