सासा ट्राभल्स प्रा. लि.को पहिलो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौंसासा ट्राभल्स प्रा. लि.ले आफ्नो पहिलो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । “विङ्स अन्डर फोर्टी” मा “बेस्ट ट्राभल इन्टरप्रेनर – वुमन अवार्ड” जित्न सफल सोनी राणा नेतृत्वको सासा ट्राभल्सले ग्राहकलाई गुणस्तरीय सेवा, नयाँ अनुभव तथा प्रतिस्पर्धी मूल्य प्रदान गर्ने लक्ष्यसहित सञ्चालनको पहिलो वर्ष पूरा गरेको हो ।

एयरलाइन्स टिकटिङ, टुर्स तथा ट्राभल क्षेत्रमा एक दशकभन्दा लामो अनुभव बोकेकी राणाले सन् २०२५ मे १५ मा कम्पनी स्थापना गरेकी थिइन् । छोटो अवधिमै कम्पनीले अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा युरोपेली गन्तव्यहरूको टिकटिङमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ । कम्पनीले आउटबाउन्ड ट्राभल क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गर्दै इन्डोनेसियाको बाली फिक्स्ड डिपार्चर टुरमा विशेष फोकस गरेको छ । यसबाहेक थाइल्यान्ड, श्रीलंका तथा युरोपका विभिन्न गन्तव्यमा समेत टुर सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।

काठमाडौंस्थित एक होटलमा आयोजित वार्षिकोत्सव कार्यक्रममा एयरलाइन्स प्रतिनिधि, जीडीएस म्यानेजर, ट्राभल एजेन्सी तथा कम्पनीका विशेष ग्राहकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले छोटो अवधिमै सासा ट्राभल्सले हासिल गरेको प्रगति प्रशंसनीय रहेको बताएका थिए । कार्यक्रममा बोल्दै निरु दुग्गलले सानै उमेरमा व्यवसाय सुरु गरेर सफलताको उचाइ हासिल गर्नु प्रेरणादायी विषय भएको बताइन् । उनले युवा पुस्ताले सोनी राणाको यात्राबाट प्रेरणा लिनुपर्ने उल्लेख गरिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्