धितोपत्र बोर्डको अध्यक्षका लागि ४७ जनामध्येबाट ४ जना छनोटमा

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नाम सिफारिसका लागि गठित सिफारिस समितिले संक्षिप्त सूची तयार गरेको छ । अध्यक्ष पदका लागि आवेदन दिएका ४७ जनामध्येबाट ४ जना छनोटमा परेका छन् । छनोटमा पर्नेमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्रीडा. गोपाल भट्ट रहेका छन् ।

समितिले उनीहरूलाई जेठ ८ गते छुट्टाछुट्टै छलफलका लागि अर्थ मन्त्रालयमा बोलाएको छ । समितिले अब ती चार जनामध्ये कम्तीमा तीन जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । सिफारिस भएका नाममध्येबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

छनोटमा परेका भट्ट र क्षेत्री नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । केही समयअघि मात्रै अवकाश प्राप्त गरेका अधिकारी धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक हुन् भने आचार्य बोर्डका बहालवाला कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्