आज सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको भाउ तोलाको २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ। आज मात्रै सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो।

अघिल्लो कारोबार दिन शुक्रबार सुनको भाउ तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको थियो। त्यसदिन सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको थियो। बुधबारयता लगातार तीन कारोबार दिन घटेको सुनको मूल्य आइतबार भने बढेको हो।

त्यस्तै, चाँदीको भाउ पनि आज वृद्धि भएको छ। चाँदी तोलामा ५० रुपैयाँले बढेर ४ हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९४५ रुपैयाँ रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्