कोरोना भाइरसको स्रोत पत्ता लगाउन अन्तर्राष्ट्रिय सहकार्यका लागि चीन तयारः वाङ यी

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यीले कोरोना भाइरस (कोभिड–१९) को स्रोत पत्ता लगाउन अन्तर्राष्ट्रिय सहकार्यका लागि चीन खुला रहेको बताएका छन् ।

पछिल्लो समय कोरोना भाइरसको उत्पत्तिको विषयमा जाँच हुनुपर्ने माग उठिरहेको समयमा चिनियाँ विदेशमन्त्रीले आइतबार यस्तो बताएका हुन् ।

यद्यपि उनले यो अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन् । उनले यस किसिमको अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुन नहुने भन्दै अमेरिकाले अहिले चीनको विरुद्धमा बनावटी अफवाह फैलाइरहेको बताए । अमेरिका अहिले चीनको छवि बिगार्ने पक्षमा रहेको वाङको भनाइ छ । वाङले अहिले कोरोना भाइरसको महामारी नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयेसले निकै राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

स्रोत : अल ज जीरा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्