भोलिदेखि शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्ने नयाँ व्यवस्था लागू

काठमाडौं – नेपाल धितोपत्र बोर्ड बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेपाल स्टक एक्सचेञ्ज ले भोलिदेखि शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्ने नयाँ व्यवस्था लागू गर्ने भएको छ । यसअघि दैनिक मूल्य उतारचढावको सीमा १० प्रतिशत मात्र रहेको थियो । बजारलाई थप चलायमान बनाउने र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउने उद्देश्यले सीमा बढाइएको जनाइएको छ ।

नयाँ व्यवस्थाअनुसार प्रि-ओपन सत्रको मूल्य सीमा ५ प्रतिशत कायम गरिएको छ, जुन यसअघि २ प्रतिशत थियो । यसले बजार खुल्नेबित्तिकै हुने अस्वाभाविक उतारचढाव नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी, नेप्से परिसूचकमा आधारित सर्किट ब्रेकर अब दुई तहको रहनेछ । कारोबार शुरू भएको दुई घण्टाभित्र सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ भने ८ प्रतिशतले घटबढ भएमा सो दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ ।

यसैबीच, प्राथमिक शेयर निष्कासन प्रक्रियालाई थप पारदर्शी बनाउन बोर्डले नयाँ मापदण्ड लागू गरेको छ । अब आवेदन दिने कम्पनीहरूको वित्तीय अवस्थाको अनिवार्य रूपमा लेखा विशेषज्ञबाट पुनरावलोकन गरिने व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्