कोरोना भ्याक्सिन १० हजार जनामा परीक्षण, सफल भए यो वर्षको अन्त्यसम्म आममानिसहरु सम्म पुग्ने

काठमाडौं – कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप बनाउन जुटिरहेका बेलायतका अनुसन्धानकर्ताहरुले परीक्षणको माथिल्लो चरणमा प्रवेश गरेको बताएका छन् ।

अनुसन्धानकर्ताहरुले खोपको प्रभावकारीता जाच्न १० हजार जनामा एकैपटक परीक्षणलाई विस्तार गर्न लागेका हुन् । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक अनुसन्धानकर्ताहरुले गत महिना एक हजार जना स्वयंसेवकमा खोपको प्रारम्भिक परीक्षण गरेका थिए ।

अब वैज्ञानिकहरुले जेष्ठ नागरिक र बालबालिका समेत गरी १० हजार २६० जनामा खोपको परीक्षण गर्दैछन् । अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले खोपको यो चरणको परीक्षण सफल हुनेमा निकै आशावादी रहेको बताएका छन् ।

कोरोनाभाइरस स्वास्थ्य महामारी बनिरहँदा यूरोप, अमेरिका, चीन लगायत विश्वका एक दर्जन भन्दा बढी देश र संस्थाहरुले फरक–फरक प्रविधी र ढाँचाबाट परीक्षण गरिरहेका छन् ।

भाइरसको संक्रमणबाट ३ लाख ४० हजार हाराहारीमा मानिसहरुको ज्यान गइसकेको अवस्थामा परीक्षण सफल भएमा यसै बर्षको अन्त्य सम्ममा खोप आममानिसहरु सम्म पुग्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्