ओसाका विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने महिला खेलाडी

काठमाडौं – विश्व टेनिसमा दुई पटक ग्राण्ड स्लाम उपाधि जित्न सफल भएकी जापानी टेनिस खेलाडी नाओमी ओसाका विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने महिला खेलाडी बन्न सफल भएकी छन् ।

फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वभरका महिला खेलाडीहरुको आम्दानीको सूचीमा ओसाकाले यस अघिकी सर्वाधिक धेरै कमाउने अमेरिकी टेनिस खेलाडी सरिना विलियम्सलाई पछाडी पारेकी हुन् ।

पत्रिकाका अनुसार ओसाकाले विगत १२ महिनाको अवधिमा खेलबाटै ३ करोड ७४ लाख अमेरिकी डलर आम्दानी गरेकी छिन् । उनको यो कमाइ अर्की टेनिस सुन्दरी सरिनाको भन्दा १५ लाख डलरले बढी हो । ओसाका र सरिना अघी रुसकी विश्व चर्चित टेनिस खेलाडी मारिया सारापोभा धेरै कमाइ गर्ने महिला खेलाडी बनेकी थिइन् ।

विश्वभरीकै एक शय धेरै कमाउने खेलाडीहरुको सूचिमा भने ओसाका २९औ र सरिना ३३औ स्थानमा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्