इन्द्रावती गाउँपालिकाको कोरोना विपद् रोकथाम कोषमा सिन्धु उत्थान केन्द्रको सहयोग

सुशील सुवेदी
सिन्धुपाल्चोक – इन्द्रावती गाउँपालिकाको कोरोना विपद् रोकथाम कोषमा सिन्धु उत्थान केन्द्रले रु पचास हजार पाँच सय पचास रकम जम्मा गरेको छ ।

बिहिबार संस्थाका सचिव वासुदेव अधिकारीले गाँउपालिका अध्यक्ष वंशलाल तामाङलाई सो रकम बरावरको चेक हस्तान्तरण गरेको हो । युएनडिपिको सामुदायिक बिपद न्यूनिकरण तथा व्यवस्थापन कार्यक्रम सुक का कर्मचारीहरुको तिन दिन वरावरको तलव स्वेच्छिक रुपमा उठाएर उक्त कोषमा रकम जम्मा गरिएको अधिकारीले जानकारी दिए । चेक बुझ्दै गाँउपालिका अध्यक्ष तामाङले सहयोगी प्रति आभार प्रकट गरेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिए । कोरोना भाइरस ९कोभिड १९० लाई फैलन नदिन पूर्व तयारीका लागि इन्द्रावती गाउँपालिकाले ५० लाख रुपैयाँको कोष खडा गरेर भाइरस रोकथाममा जुटेको छ ।

यो रकम कोरोना रोकथामकै लागि खर्चिनेछ । गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका इन्द्रँवती गाउँपालिकाका अध्यक्ष तामाङले विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि संक्रमण फैलन नदिनका लागि पूर्व तयारीकालागि कोषको रकम खर्च गरिने जानकारी दिए ।

यसअघि गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम स्वेच्छिक रुपमा “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ”मा जम्मा गर्ने निर्णय गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्