विश्वमा कोरोनाः संक्रमितको संख्या ५१ लाख पार, ३ लाख ३० हजारकोे मृत्यु

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको ५१ लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर यो भाइरसबाट ५१ लाख ४ हजार ९५२ जना संक्रमित भएका छन् । यो भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो । अमेरिकामा झण्डै १६ लाख संक्रमित छन् । भने रुस दोस्रो नम्बरको प्रभावित मुलुक हो । युरोपका स्पेन, इटाली, बेलायत, फ्रान्स र जर्मनी कोरोना भाइसरबाट धेरै प्रभावित मुलुक हुन् ।
यो भाइरसको कारण अहिलेसम्म संसारभरी ३ लाख २९ हजार ९ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा मात्रै ९४ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वभरी २० लाख भन्दा बढी संक्रमित उपचार पछि निको भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्