सरकारले नक्सा सार्वजनिक गरेको खुसीयालीमा दार्चुलाको शैल्यशिखरमा दीप प्रज्वलन

दार्चुला – शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजारमा सरकारले ऐतिहासिक काम गरेको भन्दै प्रशंसा स्वरुप दिप प्रज्वलन गरिएको छ ।

बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेता राजेशसिह बिष्टको अगुवाइमा शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वरमा दिप प्रज्वलन गरिएको हो । सरकारले बुधबार लिम्पीयाधुरा सहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको यो साहसिक निर्णयको स्वगत र सम्मास्वरुप दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन समारोहमा अनेरास्ववियुका केन्द्रिय सदस्य भुवन भण्डारी सहित अनेरास्ववियुका नेता, शुभचिन्तक र स्थानीयको सहभागिता रहेको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी छिन् । विगतमा नेपालको नक्सामा छुटाइएका गुन्जी, नाबी, कुटीलगायतका क्षेत्र समेटेर लिम्पियाधुरा मुहान भएको काली नदी सीमा नदी हुनेगरी नक्सा जारी गरिएको मन्त्री अर्यालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्