कृषिको सुधारका लागि उपयुक्त समय : मन्त्री भुसाल

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको सुधार र विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन् ।

राष्ट्रियसभामा बीउबिजन दोस्रो संशोधन विधेयक–२०७५ माथिको छलफलमा मन्त्री भुसालले सङ्घीयताको कार्यान्वयन गर्ने र कानून बनाउने समय भएकाले अहिले उपयुक्त समय भएको उनको भनाइ थियो ।

यस क्षेत्रमा तीन सरकारको फरक फरक भूमिका कानूनमार्फत निर्धारण गर्न सकिने उनले बताए । संविधानअनुसार कृषि क्षेत्रको पनि पुनः संरचना गर्ने समय आएको उनको भनाइ थियो । अब प्रदेश र स्थानीय सरकारले नै रैथाने बीउ र बालीको सूचीकृत गर्न सक्ने उनले बताए । नेपाल सरकारले नियमन गर्ने, प्रदेश र स्थानीय सरकारले लागू गर्ने गरी विधेयक ल्याइएको मन्त्री भुसालको भनाइ थियो ।

कृषि क्षेत्र बजारलाई छोडिदिँदा झनै कमजोर भएको उनले औँल्याए। उनले भने, “तीन तहको सरकारले मिलेर यसलाई व्यवस्थित गर्न सकिन्छ ।” रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्