झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जनामा कोरोना पुष्टि, संक्रमित ४४४ पुगे

काठमाडौं – झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

थप संक्रमित पुष्टि भएकामा झापा कचनकवल गाँउँपालिका ३,६र ८ निवासी १८,१८,१९,१९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षीय पुरूषहरू र धनकुटा निवासी ३४ वर्षीय पुरूष, सुनसरी धरान उपमहानगर पालिका निवासी ५१ वर्षीय महिला हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्