नेपालले जारी गरेको नयाँ नक्सा अस्वीकार्यः भारत

काठमाण्डौ – नेपालले बुधबार जारी गरेको नयाँ नक्सा नमान्ने भारतले जनाएको छ ।

नेपालले एकतर्फी रुपमा संशोधित नयाँ नक्सा जारी गरेको भन्दै भारतले त्यो आफूलाई मान्य नहुने बताएको छ । भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति नै निकालेर नयाँ नक्साको बारेमा प्रतिक्रिया दिएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नयाँ नक्सामा भारतीय क्षेत्रको केही भाग रहेको आरोप लगाएका छन् । अनुरागले भनेका छन्, ’यो एकतर्फी काम तथ्यमा आधारित छैन । यो द्विपक्षीय सम्झौता विपरीत छ । क्षेत्रीय दाबीको यस्तो कृत्रिम विस्तार भारतले स्वीकार गर्ने छैन ।’

साथै उनले नेपाल सरकारले भारतको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने आग्रह गरेका छन् । ’हामीलाई आशा छ नेपाली नेतृत्वले सीमा मुद्दाको बारेमा राजनीतिक वार्ताको लागि सकारात्मक वातावरण बनाउनेछ’, श्रीवास्तवले भने । नेपालले बुधबार लिम्पियाधुरा कालापानी र लिपुलेक भूमिसहितको नयाँ नक्सा सार्वजनिक गरेको हो । प्रत्येक नेपालीले भारतलाई यहि प्रश्न गरेका छन् की भारतले सीमा मिच्दा नेपाल लाई सोध्नु नपर्ने तर नेपालीले आफ्नो भूमि फिर्ता लिन भारतलाई किन सोध्नुपर्ने ?

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्