कागेश्वरी मनोहराको एक गाई फार्ममा आगलागि, ४ गाई मरे

सांकेतिक तस्विर

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मीनारायण चोकको एक गाई फार्ममा आगलागी भएको छ ।

गएराति भएको आगलागीबाट कम्तिमा चार वटा गाईहरु जलेर मरेका छन् । केही गाई घाइते भएका छन् । गाई फार्म खड्ग ढकालले सन्चालन गर्दै आएको प्रहरलिे जनाएको छ ।

गएराति करिब ९ बजेर २५ मिनेटमा आगलागी भएको र दमकलको सहयोगमा सवा १० बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुलेको छैन । क्षतिको पूर्णविवरण पनि आइनसकेको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्