पाँचपोखरी थाङ्पाल गाउपालिकाको विपद व्यवस्थापन कोषलाई मान बहादुर अधिकारीले ५१ हजार सहयोग गरे

सुशील सुवेदी
सिन्धुपाल्चोक – पाँचपोखरी थाङ्पाल गाउपालिकाको विपद व्यवस्थपनमा कोषलाई मान बहादुर अधिकारीले ५१ हजार रकम सहयोग गरेका छन् । अधिकारी वडा नं.६ का स्थानीय हुन् । उनले बुधबार उक्त रकम गाउँपालिकामा हस्तान्तरण गरेको गाउँपालिकाका प्रवक्ता पासाङ लामाले जानकारी दिए ।

यस अघि सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम स्वेच्छिक रुपमा “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ”मा जम्मा गर्ने निर्णय गरेका थिए । गाउँपालिकाले ५० लाख रुपिँयाको “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ” स्थापना गरेर काम गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्