कोरोना भाइरसविरुद्ध अमेरिकामा गरिएको खोपको परीक्षण सकारात्मक, थप अध्ययन गरिने

काठमाडौँ – कोरोना भाइरसविरुद्ध अमेरिकामा गरिएको खोपको परीक्षणले केही सकारात्मक परिणाम देखाएको छ ।

मोडिरिना कम्पनीले विकास गरी रहेको कोभिड – १९ खोपको परीक्षणको प्रारम्भिक परिणाम सकारात्मक देखिएको सिएनएनले जनाएको छ । यदि आगामी अध्ययन राम्रो भयो भने कम्पनीले जनवरीको शुरुतिर आम उपभोक्तासमक्ष खोप ल्याउनसक्ने अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।

यो प्रारम्भिक परिणाम क्लिनिकल परीक्षणको पहिलो चरणमा देखिएको हो । यसमा सानो सङ्ख्यामा मानिसमा यो खोप सुरक्षित छ कि छैन भनेर गरिएको थियो । परीक्षण परिणामलाई अमेरिकाको नेशनल इन्ष्टिच्युटले समीक्षा गर्नुका साथै मेडकल जर्नलमा प्रकाशित गरेको हो ।

खोप विकासमा लागेको म्यासाच्युसेटको क्याम्ब्रिजमा रहेको मोडिरिना कम्पनी विश्वमा कोभिड १९ विरुद्धको खोप निर्माणमा लागेका आठ कम्पनी मध्येको एक हो । यो कम्पनीले दर्जनौँ व्यक्तिलाई खोप लगाएको र त्यसमध्ये आठ जनामा एन्टिबडी मापन गरिएकोमा आठै जनामा भाइरसले पैदा गर्ने एन्टिबडीलाई कोराना सङ्क्रमणबाट निको भएका व्यक्तिको शरीरमा रहेको एन्टिबडीको स्तरमा रहने गरी निष्कृय बनाएको पाइएको थियो । यो सफलतालाई वैज्ञानिकहरूले ठूलो कामको संज्ञा दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्