बुढानीलकण्ठ–१२ को तेन्जिङ चोक देखि फैका चोक सम्म सील गरियो, वडा नं. १०,११ र १२ पुरै सील गर्ने तयारी

काठमाडौँ – बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ ले तेन्जिङ चोक देखि फैका चोक सम्म सील गरेको छ ।
आइतबार वडा कार्यालयले एक सूचना जारी गर्दै तेन्जिङ चोकमा बस्ने एक महिलामा कोरोना पोजेटिभ देखिएपछि तेन्जिङ चोक देखि फैका चोक सम्म अर्को व्यवस्था नभए सम्मका लागि सील गरिएको जनाएको छ । नगर प्रमुख र वडा नं. १०, ११ र १२ का जनप्रतिनिधिहरुको सल्लाहमा तीन वटै वडा जेठ ५ गते मध्यरातीबाट सील गर्ने तयारी भएको छ । सील गरिएको क्षेत्रमा बस्ने कसैलाई अत्यावश्यक समस्या परे वडाका जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न र बाहिर ननिस्किन सूचनामा भनिएको छ । हाल सम्म यस वडामा एक जनामा कोरोना पोजेटिभ देखिएको छ भने ३ जनाको नतिजा आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्