हेलम्बुमा ट्रक दुर्घटना हुँदा ४ जना गम्भिर घाइते

सिशील सुवेदी
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बुमा ट्रक दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् । हेलम्बु गाउँपालिका वडा नम्बर १ बाट मेलम्ची फर्किदै गर्दा बा ३ ख ७९६८ नम्बरको ट्रक गनेशेमा दुर्घटनामा परेको हो । ट्रकमा सवार चारै जना घाइतेहरुको मेलम्चीमा प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाडौँ लैजाने लगिएको इलाका प्रहरी कार्यलय हेलम्बुका प्रहरी निरिक्षक मणिराम लामिछानेले जानकारी दिए ।

चालक निदाएको कारण दुर्घटना परेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घाइते हुनेहरुमा सुनकोशि ५का चालक पाशाङ तामाङ, सोहि गाउँपालिकाका २५ बर्षिय ग्यालसन तामाङ, मेलम्ची १०का १९ बर्षिय राजन सुनार, र बाह्रबिसे नगरपालिकाका २१ बर्षिय लाल बहादुर तामाङ रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्