पूर्वराजा ज्ञानेन्द्र शाहले सवारी पास पाए, काठमाडौँ आउँदै

काठमाडौं – लकडाउनका कारण झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंतर्फ आएका छन् । गृह मन्त्रालयको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ आएका हुन् ।
गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजा शाहलाई सवारी पास दिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए ।

निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं आउन चाहेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्