नेकपा सचिवालय बैठक सुरु, यी विषयमा हुनेछ छलफल

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । सरकारले शुक्रबार संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुने बताइएको छ । वैशाख ३१ गते बोलाएर स्थगित भएको स्थायी कमिटी बैठकका विषयमा पनि छलफल हुनेछ । यसअघि पनि वैशाख २५ गते बोलाइएको स्थायी कमिटी बैठक वैशाख २४ गते स्थगित गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्