काठमाडौं- मानवता अभियानद्वारा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगितामा नेक्सस इन्टरनेशनल एकाडेमी पहिलो स्थान हासिल गर्न सफल भयो भने अरुणिमा सेकन्डरी स्कुल दोस्रो र कौशल इङ्लिस सेकन्डरी स्कुल तेस्रो स्थानमा रहे।
नेक्सस इन्टरनेशनल एकाडेमीका श्रीयान्सी न्यौपाने र युनिशा खड्का, अरुणिमा सेकन्डरी स्कुलका श्रीकन्या चाम्लिङ र आरोही खरेल, तथा कौशल इङ्लिस सेकन्डरी स्कुलका रोशन तामाङ र सुजल कडरियाले उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयलाई गौरवान्वित पारे।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिता राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल, प्याब्सन केन्द्रीय समिति र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको हो।
मानवता अभियानका, विभिन्न संघसंस्थाका पदाधिकारी तथा कलाकारहरूको उपस्थितिमा सम्पन्न प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनात्मकता र कलात्मक अभिव्यक्तिको अभिवृद्धि गरेको आयोजकले जनाएको छ।