इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सम्भावित हत्या जोखिमलाई ध्यानमा राख्दै तीन धर्मगुरूमध्ये एकलाई उत्तराधिकारी छान्न आदेश दिएका छन्।
न्युयोर्क टाइम्सका अनुसार खामेनी हाल गुप्त बंकरमा लुकेर बसेका छन् र विद्युतीय संचारबाट पनि टाढा छन्। उनले आफ्नो उत्तराधिकारीको नाम विशेषज्ञ सभालाई दिइसकेको र प्रक्रियागत ढंगमा समय लाग्ने भएकाले निर्णय तत्काल गर्न निर्देशन दिएका हुन्। खामेनीले नाम दिएको तीन जना को-को हुन् भन्ने विषय गोप्य राखिएको छ।
खामेनीका छोरा मोज्तबा धर्मगुरू भए पनि सूचीमा उनको नाम छैन। इसराइल र अमेरिकाको आक्रमणमा हालै खामेनीका निकट सैन्य सल्लाहकारलगायत प्रमुख अधिकारीहरू मारिएका थिए। तेहरानले पछिल्ला आक्रमणबाट सद्दाम हुसेनको युद्धकालभन्दा ठूलो क्षति बेहोरेको बताइएको छ। सुरक्षा जोखिमका कारण उच्च अधिकारीलाई बंकरमा राख्ने र संचार माध्यम प्रयोगमा कडाइ गरिएको छ।