डोटेली चलचित्र ‘डबल ण’ युट्युबमा सार्वजनिक (भिडियो)

काठमाडौँ – डोटेली चलचित्र ‘डबल ण’ युट्युबमा सार्वजनिक भएपछि चर्चा कमाएको छ । निरन्तर मिडियाको युट्युब च्यानलबाट चलचित्र ‘डबल ण’ सार्वजनिक भएको हो । चलचित्रको निर्देशन भने भानुभक्त जोशीले गरेका छन् । चलचित्रको कथा सौगात ओझाले लेखेका हुन् ।
भानुभक्त जोशी र सौगात ओझाले लेखेको पटकथाको अमित विकले छायांकन गरेका छन् भने ललितसिंह साउँदले सम्पादन गरेका हुन् ।
भानुभक्त जोशी, पदमभाष्कर जोशी, सौगात ओझा, जुना पाण्डे, ज्योती धामी, भोजराज जोशी, सुरेन्द्र संगम र प्रकाश विष्टको दमदार प्रस्तुती देख्न सकिन्छ । यस्तै राकेश भट्ट, मदन भण्डारी, नरेश जोशी, स्टार कठायत, माया महरा, सागर उपाध्याय, मान्वी जोशी र एके सिंह धामीको अभिनय पनि चलचित्रमा देख्न सकिन्छ ।
चलचित्रमा भएको गीतको शब्द लय भानुभक्त जोशीको छ भने गीतमा भुवन प्रकाश बडू र सौगात ओझाले स्वर भरेका छन् । चलचित्रको निर्मातामा हिमाल डेन्टल हस्पिटल रहेको छ भने सह–निर्मातामा भोजराज जोशी, भानुभक्त जोशी, गणेश विष्ट र जनक महरा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्