CORONA

निजि विद्यालय संचालक भुसालको शंकास्पद मृत्युको अनुसन्धानमा प्रहरीले चासो नदिएको भन्दै कैलालीमा विरोध

प्रेम जोशी
कैलाली – निजी विद्यालय सञ्चालक कृष्णप्रसाद भुसालको मृत्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आइतबार कैलालीको गौरीगंगा नगरपालिका –९ मसुरिया बजारमा प्रदर्शन भएको छ ।

स्थानीय विहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक भुसालको शंकास्पद ढंगले मृत्यु भएको १८ दिन पुगिसक्दा पनि प्रहरीले अनुसन्धानमा चासो नदिएको भन्दै स्थानीय वासिन्दा विरोधमा उत्रिएका हुन् । आइतबार मसुरिया बजारमा भेला भएका २ सय भन्दा बढी स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर नाराबाजी र प्रदर्शन गरेका थिए ।

स्थानीय वासिन्दा र भुसालका आफन्तले उनको हत्या भएको भन्दै दोषी पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।
निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसालको शव वैशाख ११ गते राति घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिममा फेला परेको थियो । घटनाबारे अनुसन्धान गर्न प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

 

#Malikarjun

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्