अतिक्रमित भूमी फिर्ताको माग गर्दै नेकपाका सांसदहरुले गरे संकल्प प्रस्ताव दर्ता

काठमाडौं – लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

नेकपा सांसदहरु गणेशसिंह ठगुन्ना, दिपकप्रकाश भट्ट, रामकुमारी झाक्री, गणेशकुमार पहाडी, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले संसदमा संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।

दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग नेपालको भएको ऐतिहासिक प्रमाण, तथ्यहरुले प्रमाणित भएको भन्दै संकल्प प्रस्तावमा महाकाली नदी पूर्वको करिव ४०० वर्ग किमी भूभाग फिर्ता गरी नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग माग गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्