संसदमा बडूको प्रश्नः सडक कहिले देखि बन्न सुरु भयो ? यो सूचाना सरकारसँग थियो की थिएन ?

फाइल तस्विर

काठमाडौँ – नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले धेरै लामो निन्द्रापछि आज ब्युझिए जस्तो गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बडूले सरकार धेरै लमो निन्द्रापछि आज ब्युझिए जस्तो छ, एउटा डिप्लोमेटिक नोट पठाएको सुनियो यो उद्घाटन आज उद्घाटन मात्रै भाको हो । कहिले देखि बन्न सुरु भयो ? यो सूचाना सरकारसँग थियो की थिएन ? भनेर प्रश्न गरेका छन् । उनले भनेका छन् “ मैले यस बारेमा यहि सदनमा हम्रो पट्टिको बाटो नबन्ने तर उतातिर युद्धस्तरमा बाटो बनिरहेको र ६ महिना पछि कालापानी र लिपुलेक पुग्दैछ भन्ने कुरा बोल्दा पनि ध्यानाकर्षण नहुने मैले मिडियामा पनि बोलेको छु र सुरकार के गरेर सुतिरहेको थियो ? त्यसबारे सरकारले यसबारेमा जानकारी गराउनुपर्छ…… ”
उनले आफ्ना कुरा राख्न नपाउँदै समय अभावका कारण माइक बन्द गरिएको थियो ।

सम्माननीय सभामुख महोदय
धेरै लमो निन्द्रापछि आज ब्युझिए जस्तो छ, एउटा डिप्लोमेटिक नोट पठाएको सुनियो यो उद्घाटन आज उद्घाटन मात्रै भाको हो । कहिले देखि बन्न सुरु भयो ? यो सूचाना सरकारसँग थियो की थिएन ? त्यतिबेला जतिबेला यो एग्रिमेन्ट भयो चीन र भारतको बीचमा त्यतिबेला सुशील कोइरालाको सरकार थियो र उसले अत्यन्त गम्भिर प्रोटेस्ट नोट पठाएको थियो र त्यसपछि आज उद्घाटन हुँदा सम्म यो सरकारले के नोट पठाएको छ ? के लेखेको छ ? यसको जानकारी अहिले चाहियो । यो सरकारको बाटो बन्दै थियो भन्ने कुरा जानकारी यदि छैन भने यस्तो सूचना माध्यम समाप्त भएका हुन् की ? यस सित कुनै सूचना छ कि छैन ? मैले यस बारेमा यहि सदनमा हम्रो पट्टिको बाटो नबन्ने तर उतातिर युद्धस्तरमा बाटो बनिरहेको र ६ महिना पछि कालापानी र लिपुलेक पुग्दैछ भन्ने कुरा बोल्दा पनि ध्यानाकर्षण नहुने मैले मिडियामा पनि बोलेको छु र सुरकार के गरेर सुतिरहेको थियो ? त्यसबारे सरकारले यसबारेमा जानकारी गराउनुपर्छ……

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्