इजिप्ट र जिबुटीका विदेशमन्त्रीबीच लाल सागरको सुरक्षा र गाजा युद्धविरामबारे छलफल

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उनका जिबुटीका समकक्षी महमुद अली युसुफले कायरोमा लाल सागरको सुरक्षाको बारेमा छलफल गरेका छन् । बाब एल–मन्डेब जलडमरूको सुरक्षा र सुरक्षित समुद्री नेभिगेसन सुनिश्चित गर्न संयुक्त प्रयासको आवश्यकतामा जोड दिएका छन् । दुई मन्त्रीहरूले अफ्रिकाको हर्न र लाल सागरमा भएका विकासक्रमहरू र अन्तर्राष्ट्रिय जलमार्गहरूमा सुरक्षा सुदृढ पार्न इजिप्ट र जिबुटीको भूमिकाको बारेमा पनि विचार आदानप्रदान गरेका छन् ।

लाल सागर र एडेनको खाडीका अरब र अफ्रिकी तटीय राज्यहरूको परिषद्लाई बलियो बनाउनुपर्ने जिबुटीका विदेशमन्त्री महमूद अली युसुफले बताउनु भयो । अन्य देशहरूको कुनै पनि नौसैनिक सेनालाई हस्तक्षेप गर्न दिनु नहुने बताउनु भयो ।

मन्त्रीहरूले सुडानमा हालको सशस्त्र द्वन्द्वको समाधान प्राप्त गर्ने महत्वमा जोड दिएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्