छोटो दूरीका सडक निर्माणमा मन्त्री दुलालको पहलकदमी

सुशील सुवेदी
सिन्धुपाल्चोक – चौताराबाट काठमाडौको जडिबुटीसम्म ८४ किलोमिटर रहेको छ । सडक सञ्चालन भएयता चौताराआसपासका बासिन्दा यही बाटो भएर राजधानी पुग्ने गरेका छन् । अरनिको राजमार्गबाट जिल्लाको १ नं क्षेत्र, दोलखा र रामेछापका जनताले यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन । शासन व्यवस्था परिवर्तन भएर नेताहरु विभिन्न पदमा पुगे पनि, जिल्लावासीको मर्काभने बुझ्ने प्रयास गरिएन ।
अब जिल्लाको मध्यभागका जनता एक घण्टामै काठमाडौं पुग्नसक्ने भयका छन । चौतारा–सीपाघाट–कात्तिके हुँदै काठमाडौं पुग्ने ५५ किलोमिटर सडक निर्माणमा जिल्लावासीको चासो बढेको हो । दुई वर्षअघि निर्वाचनको बेला ‘बाकसमा विकास’ को नारा दिएर उदाएका नेता युवराज दुलाल शरद यतिबेला बागमती प्रदेशको सामाजिक विकासमन्त्री छन् । दुलालले निर्वाचनको बेला बोलेको प्रतिवद्धतामध्ये यो सडक पनि हो । त्यसैले उनले बोलेको ‘बाकसमा विकास’ को नयाँ मोडेल कार्यान्वयन भइरहेको छ ।
चौताराबाट झ्याँडीखोलासम्म १० किलोमिटर कालोपत्रे भइरहेको छ । यो १० किलोमिटर कालोपत्रेको लागि गत वर्ष ३० करोड विनियोजन भएको थियो । फेरि यो वर्षको लागि मन्त्री दुलालकै योजनामा ५४ करोड विनियोजन भएको छ । यो रकम झ्याँडीखोलादेखि देउरालीसम्मको १२ किलोमिटरमा कालोपत्रे हुनेछ । हालको चौतारा–काठमाडौं भन्दा यो सडक २९ किलोमिटर छोटा रहेको छ । मध्यपहाडी लोकमार्ग हुँदै यो सडकबाट काठमाडौ पुग्न दोलखा र रामेछाप जिल्लाको लागि पनि बैकल्पिक मार्ग हो । ‘यो सडक केही वर्षमा पूरा हुन्छ,’ मन्त्री दुलालले भने, ‘यसबाट सिन्धुपाल्चोक, दोलखा र रामेछापका जनताले फाइदा पाउने छन ।’ जिल्लाको मध्यक्षेत्रमा उत्पादित कृषि उपज र नदीजन्य पदार्थ ढुवानीको लागि यो सडक महत्वपूर्ण हुने मन्त्री दुलालको भनाइ रहेको छ ।
। वागमती प्रदेशको सामाजिक विकासमन्त्री भएपछि सिन्धुपाल्चोकको प्रतिनिधिसभा २ को ‘क’ प्रदेशका लागि करोडौं रकम ओइर्याएको आरोप खेपेका दुलालले पछिल्लो समय जिल्लामा मात्रै होइन प्रदेशभर आक्रामक रुपमा काम गरेको चर्चा कमाए छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्