शिक्षालाई प्रविधिमैत्री बनाउन अनलाइन तालिम सुरु

कञ्चनपुर – शिक्षा तालिम केन्द्र दिपायल र प्रविधिमैत्री शिक्षक समाज नेपाल सुदूरपश्चिम प्रदेशको संयुक्त आयोजनामा माध्यमिक तहका शिक्षकहरुका लागि सुचना प्रविधि सम्बन्धि तालिम विहिबारबाट सुरु भएको छ ।
लकडाउनको सदुपयोग गर्दै शिक्षकहरुलाई प्रविधिसँग परिचित गराउने र शिक्षामै प्रविधिलाई प्रयोग गर्न सहजताका लागि तालिमको आयोजना गरिएको हो । अनलाइन तालिमका प्रमुख अतिथि तथा सूदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. हरि लम्सालले अहिलेको प्रमुख उद्देश्य कोडिभ–१९ माथि विजय हासिल गर्ने र शिक्षालाई प्रविधिमुलक बनाउने मन्त्रालयको उद्देश्य रहेको बताए ।
उदघाट्न सत्रको अध्यक्षता शिक्षा तालीम केन्द्र डोटिका प्रमुख चेतराज पन्तले गरेका थिए । प्रविधिमैत्री शिक्षक समाज नेपाल सुदूरपशिचम प्रदेश समितका अध्यक्ष गंगाराम ओझाले तालिमको उद्घाटनसत्रमा  स्वागत मन्तव्य राखेका थिए ।

तालिममा शैक्षिक तालिम केन्द्र डोटीका प्राविधिक प्रशिक्षक भीम पनेरु, प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भुपती बत्स्याल, उपाध्यक्ष चन्द्रकला दवाडी, केन्द्रीय सदस्यहरु, सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष गङ्गा राम ओझा, उपाध्यक्ष धर्मसिंह भाट,  प्रदेश पदाधिकारि तथा सदस्यहरु एवं सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाका १०० भन्दा बढी माध्यमिक तहका शिक्षकहरुको सहभागिता रहेको प्रविधि मैत्री शिक्षक समाज नेपाल सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष महेशप्रसाद पन्तले जानकारी दिए ।

प्रविधिमैत्री शिक्षक समाज नेपाल शिक्षालाई प्रविधिमुलक बनाउनकालागि सरकारका हरेक शैक्षिक निकायसँग सहकार्य गर्न तयार रहेको समाजका प्रदेश सचिव नवराज पन्तले जानकारी दिए । सचिव पन्तले अनलाइन तालिममा सञ्चालकको भुमिका समेत निर्वाह गरेका थिए । तालिम पाँच दिन सम्म चल्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्