स्वीटजरल्याण्डले सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुग्यो

काठमाडौं – स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट नेपाल आइपुगेको छ ।

बिहीबार पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल आइपुगेको हो ।

स्वीटजरल्याण्ड सरकारकोतर्फबाट उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई विमानस्थलमै हस्तान्तरण गरिएको छ । विमानस्थल पुगेर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्