कोशी अस्पतालमा उपचाररत थप ८ जनाको रिपोर्ट नेगेटिभ, शुक्रबार डिस्चार्ज गरिने

मोरङ – कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारत थप ८ जनामा पछिल्लो दुइ पटक कोरोना भाईरस नेगेटिभ देखिएको छ ।

उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एकजना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
सामाजिक विकास मन्त्रालयले बिहीबार साँझ पिसिआर रिपोर्ट नेगेटिभ आएका ८ जनालाई शुक्रबार बिहान १० बजे डिस्चार्ज गर्ने जानकारी दिइएको छ । कोभिड–१९ अस्पताल व्यवस्थापक संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार नेगेटिभ देखिएका मध्ये एकजना भारतीय नागरिक हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्