हमास र इजरायलबीच बुधवार भएको लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम आईतवारबाट लागू भएको छ । युद्धविरामबाट खुशी उत्तरी गाजाबाट विस्थापित प्यालेस्टिनीहरू घर फर्कन र भग्नावशेषमा घरहरू पुनर्निर्माण गर्न तयार रहेका छन् ।
उनीहरु युद्धविरामसँग खुशी रहेको र युद्धविरामले नागरिकहरूको रक्तपात रोक्ने बताउँछन् । युद्धपछि गाजा पुनर्निर्माण गर्ने उनीहरुको भनाइ छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।