टर्किएको एजियन सागरमा ३ आप्रवासीको मृत्यु

टर्किएको एजियन सागरमा रबरको डुङ्गाबाट खसेर तीन अवैध आप्रवासीको मृत्यु भएको छ ।  अन्य तीन जना बेपत्ता भएका छन् । आप्रवासी बोकेको डुङ्गाले सुरक्षा बलको चेतावनीको बेवास्ता गर्दा तटीय शहर कुसादासी नजिकै दुर्घटना भएको हो ।

डुङ्गा भाग्न खोज्दा धेरै आप्रवासी समुन्द्रमा खसेका थिए । तटरक्षक दलले ३२ जनालाई उद्धार गरेको छ भने अन्य तीन जनाको शव निकालेको छ । खोज र उद्धार कार्य जारी रहेकाले तीन जना अझै बेपत्ता छन् ।

आप्रवासीहरू गैरकानूनी रूपमा ग्रीक टापुमा पुग्ने प्रयास गरिरहेका थिए । टर्किए हुँदै युरोप पुग्ने प्रयास गरिरहेका आप्रवासीहरूको लागि एजियन सागर लामो समयदेखि प्रमुख मार्ग रहेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्