रुस र इरानबीच व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसुद पेजेश्कियानले मस्कोमा द्विपक्षीय वार्तापछि नयाँ व्यापक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । क्रेमलिन वेबसाइटमा प्रकाशित दस्तावेजअनुसार दुई देशले व्यापार, लगानी, रक्षा, सुरक्षा, अन्तरिक्ष, ऊर्जा र आतंकवाद विरोधी लगायतका अन्य क्षेत्रहरूमा सहयोगलाई सुदृढ पार्न सहमत भएका छन् । सम्झौतामा दुवै देशले एकअर्का विरुद्ध तेस्रो–पक्ष प्रतिवन्धहरू अस्वीकार गर्ने र एकपक्षीय जबरजस्ती उपायहरूको प्रयोगलाई रोक्ने कुरा पनि उल्लेख छ । पुटिनले नयाँ सन्धिले महत्वाकांक्षी लक्ष्यहरूको रूपरेखा प्रश्तुत गरेको र राजनीति, सुरक्षा, व्यापार, लगानी र मानवीय मामिला जस्ता क्षेत्रमा दीर्घकालीन सहयोगलाई गहिरो बनाउनको लागि रूपरेखा सिर्जना गरेको बताउनु भयो । इरानी नेताले नयाँ सम्झौताले रूस र इरानबीचको सम्बन्धमा नयाँ अध्यायको शुरुवात गर्ने र द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई बढावा दिने बताए । -न्युज एजेन्सी नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्