शुक्लाफाँटा–८ मा पीपीआर खोप सञ्चालन हुने

कञ्चनपुर – कञचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा पीपीआर खोप सञ्चालन हुने भएको छ । भेडा बाख्रा पाल्ने कृषकहरुलाई लक्षित गरि नगरपालिकाले खोप सञ्चालन गर्न परिपत्र गरेपछि खोपका लागि मिति र समय तय गरेको वडा नम्बर ८ का वडा सचिव गोकर्ण प्रसाद जोशीले बताउनुभयो ।

जस अन्तर्गत खोप यहि पौष २५ गते सञ्चालन हुनेछ । विहान १० बजेदेखि भमरभोज टोलको लागि शिब मन्दिर, पारिफाँटा टोलको लागि स्टार चौराहा र नौखरी टोलको लागि तरकारी संकलन केन्द्र नजिकै स्थान तय भएको कार्यवाहक अध्यक्ष लालसिँह महराले जानकारी दिनुभयो ।

यस्तै सोहि दिन दिउँसो १ बजे बेलडाँडी टोलका लागि कलश महिला कृषि सहकारी जनिक, मणिकाधाम टोलको लागि पञ्चकोटी मणिकाधाम आधारभूत विद्यालय नजिक र फुलेली टोलका लागि फुलेली पिपल चौतारामा खोप सञ्चालन हुनेछ । वडा कार्यालयले एक सूचना जारी गर्दै सम्पूर्ण वडावासी तथा भेडा बाख्रा पालक कृषकहरुलाई सेवाको मौका लिनुहुन अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्