नेविसंघद्वारा कञ्चनपुरका १५० विद्यार्थीहरुलाई राहत वितरण

कञ्चनपुर – कञ्चनपुरमा रहेका बिद्यार्थीहरुलाइ राहत वितरण गरिएको छ ।

बुधबार नेपाल विद्यार्थी संघले बिभिन्न जिल्लाबाट अध्यन गर्न आएका १५० जना विद्यार्थीहरुलाई ७ किलो चामल, १ किलो दाल, १ प्याकेट तेल लगायतको खाद्यन्न वितरण गरेको हो ।

लकडाउन बढदै गएको बेला विद्यार्थीहरुको समस्यालाई ध्यानमा राखि खाद्यन्न वितरण गरिएको बिद्यार्थी नेता कृष्णदेव जोशीले जानकारी दिए । नेविसंघका निवर्तमान सह–महामन्त्री अचुत कलौनि, नेविसंघका निवर्तमान केन्द्रीय सदस्य  प्रकाश थापा,  नेविसंघ कञ्चनपुरका बिद्यार्थी नेताहरु बिक्रम बुढा, कृष्णदेव जोशी, इश्वर जोशी, तिलक चन्द, हिमाल बम, बसन्त पन्त, पदम साउद, लोकेन्द्र जाग्री, पारस मौलिया, रबिन जोशी, लोकेश सिंह राजेन्द्र महरा, शेष विष्ट लगायातको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई राहत वितरण गरिएको हो ।छुटेका विद्यार्थीहरुको नाम संकलन गरि दोस्रो पटक राहत वितरण गरिने नेविसंघ कञ्चनपुरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्